PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पृथ्वी राजमार्गमा दुई बस जुध्दा एक चालकको मृत्यु, २१ जना घाइते



पृथ्वी राजमार्गमा दुई बस जुध्दा एक चालकको मृत्यु, २१ जना घाइते

धादिङ: पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका–३ मालिङ्गामा आज दिउँसो दुई वटा सवारी साधन एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। 

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५२८१ नं को यात्रुबाहक बस र काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा१प ९७७ नंको पर्यटक बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। 

मृत्यु हुनेमा चितवन पिप्ले निवासी ४० वर्षीय ईश्वर भण्डारी रहेका छन्। उनी ना७ख ५२८१ नंको बस चालक रहेको प्रहरीले जानकारी दिएको छ। घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको हो। 

घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकामा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell