PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मैनबत्तीबाट आगो लाग्दा पाँच घर जलेर नष्ट



मैनबत्तीबाट आगो लाग्दा पाँच घर जलेर नष्ट

कृष्णनगर: कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन्। 

स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ। 

आगलागीबाट रु दुई लाखबराबरको क्षति भएको छ भने अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। आगोबाट मानवीय क्षति भने नभएको बताइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell