PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्याक्सी र जिप जुध्यो, ट्याक्सीभित्रका ३ जनाको मृत्यु



राधेश्याम पटेल

ट्याक्सी र जिप जुध्यो, ट्याक्सीभित्रका ३ जनाको मृत्यु
फोटो : जिल्ला ट्राफिक प्रहरी बारा

वीरगंज : बाराको निजगढमा अाज बिहान ट्याक्सी र जीप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा भक्तपुरका २८ वर्षीय ट्याक्सी चालक समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका -७ का २५ वर्षका आकाश माझी र सोही ठाउँका २५ वर्षका विशाल माझी छन्। उनीहरु सबै ट्यक्सीमै सवार थिए।

निजगढ-७ पर्ने भावरा पुल नजिक  ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किएको थियाे।   रौतहटबाट ग्रामीण बाटो हुँदै पूर्व पश्चिम राजमार्ग निस्किन लागेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा राजमार्गमा गुडिरहेको जिपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी बाराले जनाएको छ।

चितवनबाट तरकारी बोकी पूर्वतिर गइरहेको बोलेरोमा ट्याक्सी अनियत्रित भएर राजमार्गमा ठोकिन पुगेको ट्राफिक  प्रहरी निरीक्षक विकास बमले बताए।          

दुर्घटनापछि बाेलेरो जीपका चालक फरार छन्। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाको टोलीले घाइतेलाई अस्पताल पुर्‍याएको थियो।

दुर्घटनामा  परेर घाइते भएका २८ वर्षीय नरेश माझी र २१ वर्षीय अर्जुन माझीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell