PahiloPost

Nov 20, 2018 | ४ मंसिर २०७५


च्याम्पियन्स लिग  : म्यानचेष्टर सिटी र रियल मड्रिडको फराकिलो जित, जेससको ह्याट्रिक


पहिलोपोस्ट

च्याम्पियन्स लिग  : म्यानचेष्टर सिटी र रियल मड्रिडको फराकिलो जित, जेससको ह्याट्रिक

गाब्रिएल जेससको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा साख्तर डोनेस्कलाई ६-० ले पराजित गरेको छ।

यस्तै स्पानिस क्लब रियल मड्रिडले भिक्टोरिया प्लेजनलाई ५-० ले हरायो। फराकिलो जितपछि दुबै टोली दोस्रो चरण नजिक पुगेका छन्।

समूह इ अन्तर्गत घरेलु मैदानमा सिटीलाई शानदार जित दिलाउन जेससले ह्याट्रिक गरे। यस्तै डेभिड शिल्भा, रहिम स्टर्लिङ र रियाद महारेजले एक-एक गोल गरे।

जितपछि चार खेलबाट ९ अंकसहित सिटी शीर्ष स्थानमा छ। होफेनहेइमसँग २-२ गोलको बराबरी खेल्दै ६ अंक जोडेको फ्रेन्च क्लब लियोन दोस्रो स्थानमा छ। होपेनहेइमको ३ तथा साख्तरको २ अंक छ।

रियलले प्लेजनलाई उसैको मैदान हराउँदा करिम बेन्जामाले दुई गोल गरे। गारेथ बेल, टोनी क्रुस र नाचोले एक-एक गोल थपे। जितपछि चार खेलबाट ९ अंक जोडेको रियल समूह जी'मा शीर्ष स्थानमा छ। रियल समान अंक रहेको रोमा गोलअन्तरमा पछि छ।

इटालियन क्लब रोमाले सिएसकेए मस्कोलाई २-१ ले पराजित गर्दै ९ अंक नै जोडेको छ। मस्कोको ४ अंक छ।

यसैगरी समूह इ'को खेलमा जर्मन क्लव वायर्न म्युनिखले ग्रीक क्लब एइके एथेन्सलाई २-० ले पराजित गरेको छ। वायर्नको जतमा दुबै गोल रोवर्ट लेवान्डोस्कीले गरे। जितपछि चार खेलबाट २० अंक जोडेको वायर्न समूह इ'को शीर्ष स्थानमा छ र दोस्रो चरण नजिक पुगेको छ।

कासँग १-१ को बराबरी खेलेको डच क्लब अयाक्सको ८ अंक छ। वेनफिकाको समान खेलबाट ४ अंक छ।



च्याम्पियन्स लिग  : म्यानचेष्टर सिटी र रियल मड्रिडको फराकिलो जित, जेससको ह्याट्रिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट