PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शैक्षिक भ्रमणबाट फर्किँदै गरेको बस चितवनमा दुर्घटना, २६ जना घाइते



पहिलोपोस्ट

शैक्षिक भ्रमणबाट फर्किँदै गरेको बस चितवनमा दुर्घटना, २६ जना घाइते

चितवनः भ्रमणबाट विद्यार्थी लिएर फर्किँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ। उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

ना ६ ख ९३६६ नम्बरको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो। बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell