PahiloPost

Nov 18, 2018 | २ मंसिर २०७५


च्याम्पियन्स लिग : बार्सिलोना दुई खेल अगावै अन्तिम १६ मा, डर्टमण्ड र लिभरपुल पराजित


पहिलोपोस्ट

च्याम्पियन्स लिग : बार्सिलोना दुई खेल अगावै अन्तिम १६ मा, डर्टमण्ड र लिभरपुल पराजित

स्पानिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिग २०१८-१९ सिजनको अन्तिम १६ मा स्थान बनाउने पहिलो क्लब बनेको छ। समूह बी मा इन्टरसँग १-१ को बराबरी खेलेको बार्सिलोनाले समूहको दुई खेल अगावै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

माल्कोमले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपछि इन्टरका लागि कप्तान माउरो इकार्डीले बराबरी गोल फर्काएका थिए। बराबरीपछि बार्सिलोनाको चार खेलबाट १० अंक छ भने इन्टरको ७ अंक छ। यस्तै ह्यारी केनको दुई गोल मद्दतमा टोटनहम पीएसभीलाई २-१ ले पराजित गर्दै ४ अंक जोडेको छ। इन्टर र टोटनहम अन्तिम १६ मा पुग्ने होडमा छन् भने पीएसभीको चार खेलबाट १ अंक मात्र छ।

यसैगरी समूह ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको बोरुसिया डर्टमण्डले पहिलो हार बेहोरेको छ। जर्मन क्लब डर्टमण्डलाई स्पानिस क्लब एट्लेटिको मड्रिडले २-० ले हरायो। एट्लेटिको लागि सउल निगेजले पहिलो र एन्टोनी ग्रीजमनले दोस्रो हाफमा गोल गरे। यसै समूहको अर्को खेलमा क्लब ब्रुगले मोनाकोलाई ४-० ले हरायो। 

जितपछि एट्लेटिकोले डर्टमण्ड समान ९ अंक जोडेको छ र अन्तिम १६ मा पुग्नजे सम्भावना बलियो बनाएको छ। मोनाकोलाई हराएपछि ४ अंक जोडेको ब्रुगले पनि सम्भावना कायमै राखेको छ भने १ अंक मात्र रहेको मोनाको समूह चरणबाट बाहिरिएको छ।

उता समूह सी बाट अघिल्लो चरण प्रवेश गर्ने समिकरण रोचक बन्दै छ। शीर्ष स्थानमा रहेको लिभरपुल सर्वियन क्लब जेज्दासँग २-० ले पराजित भयो भने पीएसजीले नेपोलीसँग १-१ को बराबरी खेल्यो। यस नतिजापछि चार खेलबाट ६ अंक जोडेको नेपोली पहिलो स्थानमा छ। समान ६ अंक नै रहेको लिभरपुल गोल अन्तरमा पछि भने भने ५ अंङ्क जोडेको पीएसजी तेस्रो स्थानमा छ। लिभरपुललाई हराउँदै पहिलो जित हात पारेको जेज्दाको ४ अंक छ।

यसैगरी समूह डी को पोर्टो लोकोमोतिभ मस्कोलाई ४-१ ले तथा साल्केले गालातासारेलाई २-० ले पराजित गरेको छ। जितपछि चार खेलबाट १० अंक जोडेको पोर्टो अन्तिम १६ को नजिक छ। अब उसलाई अगाडी बढ्न एक अंक आवश्यक छ। 
 



च्याम्पियन्स लिग : बार्सिलोना दुई खेल अगावै अन्तिम १६ मा, डर्टमण्ड र लिभरपुल पराजित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट