PahiloPost

Nov 17, 2018 | १ मंसिर २०७५


तुलाधरको सम्मानमा वसन्तपुरमा हुने नेपाल संवतका सबै कार्यक्रम स्थगित


तुलाधरको सम्मानमा वसन्तपुरमा हुने नेपाल संवतका सबै कार्यक्रम स्थगित

काठमाडौं: पूर्व मन्त्री, वामपन्थी एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनका कारण नेपाल संवत १९३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने भनिएका सबै कार्यक्रमहरु स्थगित गरिएको छ।

नेपाल संवत आन्दोलनका प्रणेतासमेत रहेका तुलाधरको निधन भएको शोकमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो।

प्रत्येक वर्ष झैँ नेपाल संवतको अवसरमा काठमाडौंको बसन्तपुरमा मूल समारोह आयोजना हुन्थ्यो। यस वर्ष पनि ११३९ नयाँ वर्षको उपलक्ष्यमा कात्तिक २२ गते बसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो। 'दिवंगत तुलाधर प्रति सम्मान अर्पण गर्न सो दिनको कार्यक्रम स्थगित गरिएको हो। स्थगित भएका कार्यक्रमहरू दिवंगत तुलाधरको १३ दिने पूण्यतिथि पश्चात आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।' अधिकारकर्मी मल्ल के सुन्दरले पहिलोपोस्टलार्इ बताए।

नयाँ वर्षका अवसरमा विभिन्न स्थानहरुमा आयोजना गरिने भनिएका कार्यक्रमहरु पनि स्थगित गरिएको जनाइएको छ।

तुलाधरको कार्तिक १८ गते निधन भएको थियो।



तुलाधरको सम्मानमा वसन्तपुरमा हुने नेपाल संवतका सबै कार्यक्रम स्थगित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट