PahiloPost

Nov 18, 2018 | २ मंसिर २०७५


राजपा महामन्त्री सिंहविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा, श्रीमती र छोरा पनि प्रतिवादी


पहिलोपोस्ट

राजपा महामन्त्री सिंहविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा, श्रीमती र छोरा पनि प्रतिवादी

काठमाडौँः सार्वजनिक सेवाबाट अवकाशपछि राजनीतिमा सक्रिय रहेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध करिब दुई करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ। 

सार्वजनिक पदमा रहँदा अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिंह राजपाको कर्मचारी युनियनका अध्यक्ष समेत भइसकेका छन्। 

निजामती सेवाको सहायक वन अधिकृतबाट उनले अवकाश पाएका थिए। 

२०४३ सालमा सरकारी सेवा प्रवेश गरेका सिंहले एक करोड ९१ लाख ६१ हजार ६२५ रुपैयाँ अवैध रुपमा आर्जन गरेको अख्तियारको दाबी छ। अख्तियारले जाँच अवधिमा सिंहको कूल तीन करोड  ५१ लाख ८२ हजार ६४४ रुपैयाँ सम्पत्ति रहेको ठहर गरेको छ। जसमध्ये एक करोड ६० लाख २१ हजार १८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारको दाबी छ। 

गैरकानुनी रुपमा सिंहले आर्जन गरेको सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा अख्तियारले सिंहकी श्रीमती गीतादेवी सिंह, छोराहरू अनुपकुमार सिंह र अचलकुमार सिंहलाई पनि प्रतिवादी बनाएको छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(१) बमोजिम सिंह कसुरदार ठहर भएमा २ वर्षसम्म कैद हुन सक्नेछ। यस्तै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिबाट बढे/बढाएको सम्पत्ति पनि जफत हुनेछ। ऐनको प्रावधान अनुसार बिगो रकम बराबरको जरिवाना पनि असुल हुनेछ।



राजपा महामन्त्री सिंहविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा, श्रीमती र छोरा पनि प्रतिवादी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट