PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'धर्तीको स्वर्ग' मानिने रारामा पर्यटकको लर्को, यसरी पुग्न सकिन्छ सजिलै

'धर्तीको स्वर्ग' मानिने रारामा पर्यटकको लर्को, यसरी पुग्न सकिन्छ सजिलै

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेतः कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पर्यटकको लर्काे लाग्न थालेको छ। मनै लोभ्याउने रारा ताल घुम्न यो समय उपयुक्त भएकाले पर्यटकको लर्काे लाग्न थालेको हो। 

रारामा असोज र कात्तिकविचमा सबैभन्दा बढी पर्यटक भित्रिने गरेका छन्। 

प्रदेशको प्रमुख पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनाएर प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ शुरु गरिसकेको छ। उक्त अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राराको किनारबाटै गरेका थिए र रारा घुम्न देशवासीलाई आह्वानसमेत गरेका थिए। 

दैनिक ३ सयसम्म पर्यटक


दैनिक डेढ सयदेखि दुई सयसम्म पर्यटक भित्रिने यहाँ रारा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार दोब्बर पर्यटक भित्रिने गरेका छन्। यस अघि कुनै तथ्यांक संकलन नगरेपनि पर्यटकको आउजाउले दोब्बर वृद्धि भएको निकुञ्जका संरक्षण अधिकृत यज्ञराज रोकाया बताउँछन्। ‘यसअघि खासै कुनै तथ्यांक राख्ने गरेका थिएनौँ। यस पटकबाट भर्खरै तथ्यांक राख्न लागेका छाँै,’ उनले भने, ‘यसअघिको तुलनामा पर्यटकको संख्या दोब्बरले बढेको छ। पहिले भएका होटल पनि खाली हुन्थे। अहिले भरिभराउ हुन थालेका छन्।’

पर्यटक ओइरिँदा खान, बस्न पाउनै मुश्किल


पर्यटक ओइरिएपछि रारामा खाने बस्नसमेत मुश्किल हुन थालेको छ। अहिले रारामा भएका होटलको क्षमताभन्दा बढी पर्यटक भित्रिएकाले यस्तो समस्या आएको हो। चितवन भरतपुरबाट आएका अशोक सिंहले यस्तै समस्या भोगे। ‘रारा ताल वास्तवमै घुम्न लायक ठाउँ त हो। तर, त्यहाँ पुग्ने सडकदेखि लिएर रारामा खाने, बस्ने ठुलो समस्या रहेछ,’ उनले भने, ‘रारामा भएको २÷४ वटा होटल प्याक भयो भने त गएका पर्यटक त्रिपालमै रात बिताउनु पर्ने रहेछ।’ कतिपयले गाडीमै रात बिताउनु परेको उल्लेख गर्दै उनले ती कष्ट रारा ताल र टलक्क टल्केका हिमालले बिर्र्साएको बताए। 

अहिले रारामा भिलेज हेरिटेज, डाँफे होटल तथा माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटल छन्। पछिल्लो समय रारामा आउने पर्यटकको चापले ती होटेललाई खाने, बस्ने भार थेग्न हम्मे भएको छ।  

स्तरोन्नति हुँदै सडक


रारा पुग्ने सडक खण्ड स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु पर्ने बाध्यता छ। कालिकोटको नाग्मदेखि मुगुको गमगढी जोड्ने सडक कच्ची छ। सडक कच्ची भएकाले वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गर्छ। खाल्डाखुल्डी उत्तिकै। १८ किलोमिटर रहेको उक्त सडक खण्ड स्तरोन्नती भए पर्यटकका साथै स्थानीयवासीलाई आउजाउ सहज हुने छ। यता, सडक डिभिजन कार्यालय जुम्लाले सडकको स्तरोन्नतीको काम अघि बढाएको जनाएको छ। 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले लिएको लक्ष्य सफल हुने विश्वास व्यक्त गरे। प्रदेश सरकार समेत पर्यटकलाई थप सहज आवत जावत गर्ने वातावरण सिर्जना गर्ने पहल थालेको बताएका छन्। ‘प्रदेश सरकारले पर्यटनबाटै प्रदेश समृद्धिको सम्भावना देखेकाले हामीले यस वर्षलाई पर्यटन वर्ष समेत घोषणा गरेका छौँ।’ उनले भने, ‘अहिले पर्यटकको चाप बढिरहेको छ यो हिसावले हामीले पाँच लाख पर्यटन भित्र्याउने लक्ष्य पुरा हुन्छ भन्ने विश्वास लिएका छौँ।’ 

सडक सुधारका लागि भौतिक पूर्वाधार मन्त्रालयले सडक डिभिजन कार्यालय जुम्लालाई स्तरोन्नतीका लागि निर्देशन दिईसकेको उनले बताए। पर्यटकको लागि अव खाने बस्ने व्यवस्थापनका लागि थप होटलहरु को व्यवस्था गर्ने योजना रहेको बताए।

यसरी पुगिन्छ रारा


कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट मुगुको रारा पुग्न दुई विकल्प छन्। वीरेन्द्रनगरबाट बस हुँदै करिब २ दिनमा मुगुको रारा ताल पुग्न सकिन्छ भने जहाजमार्फत केही घण्टामै। वीरेन्द्रनगरबाट हवाई यात्रा र गाडीको सुविधा भनेकै समयमा पाउन सकिन्छ। गाडीबाट यात्रा गर्दा दैलेख, कालिकोट, जुम्ला हुँदै रारा पुग्न सकिन्छ भने हवाईबाट सुर्खेत विमानस्थलदेखि सीधै मुगुको ताल्चा विमानस्थल पुगिन्छ। 

सुर्खेतबाट ताल्चा विमानस्थलसम्म पुग्ने सार्वजनिक बसको भाडा करिब १७ सय छ। रिजर्भ गरे १०÷१२ जना अट्ने गाडीले ४० देखि ५० हजार रुपैयाँ लिने गर्छ।  

गाडीबाट पहिलो दिन सुर्खेतबाट दैलेखको राकम कर्णाली हुदैँ कालिकोटको नाग्मघाट पुग्न सकिन्छ। राती अबेरसम्म जुम्लाको गुठिज्युलासम्म पनि पुग्न सकिन्छ। यो विचमा सडक प्राय: पक्की नै छ। 

जुम्ला पुगेपछि सिंजा उपत्यकामा तिला नदीले फन्को मारेको दृश्य देखिन्छन्। मार्सी चामलको भातसमेत पर्यटकका लागि तयारी हुन्छन् यी रुटमा।  

नाग्मघाटदेखि केही दुरीपरबाट जुम्लातर्फ जाने र रारा जाने बाटो फाट्छन्। जुम्ला गए चन्दनाथ मन्दिर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएत तातोपानी समेत भेटाउने अवसर मिल्ने छ। जुम्लाबाट सिधै रारा प्रस्थान गर्न पनि सकिन्छ। करिव ७३ किलोमिटर सडक पार ग¥यो भने रारा पुग्न सकिन्छ। 

जुम्ला नपुगी सिधै रारा लागे करिब ९३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ। 

मुगुको सिमानामा श्रीदल चेक पोष्ट आएसँगै राराको नजिक पुगेको अनुभुति मिल्छ। राराको अर्को चेकपोस्ट पुगेपछि सवै सवारी साधनलाई यहाँ रोकिन्छ। अनि पैदल यात्रा। घोडा चढेर पनि राराको काख नजिकै मिलि चौर पुग्न सकिन्छ। मिलिचौरबाट अझै करिब राराको आँगन टेक्न करिब २० मिनेट पैदल हिड्नु पर्छ। 

तालको आगँनीबाट करिव एक घण्टाको यात्रापछि तालको छेउछाउमा होटल भेट्न सकिन्छ।

समुन्द्र सतहदेखि २ हजार ९ सय ९० मिटर उचाईमा रहेको ताल आफ्नो रुप फेरिरहने रारालाई नियालेर पर्यटकलाई कहिल्यै थाकेको महसुस हुँदैन। टलक्क टल्केका हिमाल, हयिा जंगल, जंगलकोबीचमा १६ किलोमिटर परिधिमा फैलिएको निश्चल, मनोरम तालले पर्यटकको मन तानिरहने छ। ताल परिक्रमा गर्न पैदल हिँडेर करिव ३ घण्टा लाग्छ भने छ भने घोडामा डेढ घण्टा लाग्छ।


ट्रेन्डिङ पोस्ट

Ncell