PahiloPost

Nov 17, 2018 | १ मंसिर २०७५


रक्सीको विवादमा कुटिए रारा पुगेका मेयर, दुई पक्षबीच बोतल र ढुङ्गा हानाहान


रक्सीको विवादमा कुटिए रारा पुगेका मेयर, दुई पक्षबीच बोतल र ढुङ्गा हानाहान
मेयर शिवकुमार गिरी। फोटो : नगरपालिकाको फेसबुक पेज

काठमाडौं: स्याङजाका एक मेयर कुटिएका छन्। चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कुटिएका हुन्। शनिवार राति रक्सी खाएर विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए।

शनिवार राति करिब १० बजे मेयर गिरी सहितको टोली रारा ताल घुमेर फर्किएको थियो। राति कालिकोटमा रहेको सनलाइट होटलमा बास बस्न पुगेको थियो। मेयर गिरीको टोली स्याङजा बिहिवार रारा हिडेका थियो।

होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरेका थिए। भक्तपुर काठमाडौंबाट रारा घुम्न गएको टोली सोही होटेलमा बस्न पुगेको थियो। होटेलमा मेयरको टोलीले होहल्ला गरेपछि आफूहरुलाई डिस्टर्ब भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षविच झडप भएको डिएसपी शर्माले बताए।

उनीहरुविच राति वियरको बोतल र ढुङगा हानाहानी भएको थियो। ढुङगा र बोतल लागि घाइते भएका मेयर र उनका स्वकीय सचिव र प्रहरीसहित अन्य केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



रक्सीको विवादमा कुटिए रारा पुगेका मेयर, दुई पक्षबीच बोतल र ढुङ्गा हानाहान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट