PahiloPost

Nov 18, 2018 | २ मंसिर २०७५


ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, एट्लेटिको मड्रिड रोकियो


पहिलोपोस्ट

ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, एट्लेटिको मड्रिड रोकियो

स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना र ररियल मड्रिड विजयी भएको छ। एट्लेटिको मड्रिड भने बराबरीमा रोकिएको छ।

लुइस सुअरेजको दुई गोल मद्दतमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ ले हरायो। ओसमा डेम्बेलेले अर्को गोल गरे। भालेकानोका लागि जोस पोजो अल्भारो गार्सियोले एक-एक गोल गरे।

जितपछि ११ खेलबाट २४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। लेगानेससँग १-१ गोलको बराबरीमा रोकिएको एट्लेटिको मड्रिड २० अंकसहित दोस्रो स्थानमा छ।

यस्तै रियल भाल्लोडोलिडलाई २-० ले पराजित गरेको रियल मड्रिड छैटौँ स्थानमा उक्लेको छ।



ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, एट्लेटिको मड्रिड रोकियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट