PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काभ्रेको दुर्घटनामा गयो दुई जनाको ज्यान



रासस

काभ्रेको दुर्घटनामा गयो दुई जनाको ज्यान

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्। 

बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना १ क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खसेको थियो। दुर्घटनामा परेका भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। 

दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell