PahiloPost

Nov 17, 2018 | १ मंसिर २०७५


पार्टीलाई एक ढिक्का बनाए पछिमात्र विश्राम लिन्छु : देउवा


पार्टीलाई एक ढिक्का बनाए पछिमात्र विश्राम लिन्छु : देउवा
फाइल फोटो

काठमाडौं: नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन्। 

दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए। 

देउवाले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गरे।
 
काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक काङ्ग्रेसले निर्वाचन जित्न सक्ने बताए। उनले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको तर्क गरे। 

पूर्वमन्त्री डा प्रकाशशरण महतले काङ्ग्रेसको नेतृत्वमा नेपालमा शान्ति स्थापना भएको, संविधान जारी भएको तथा तीन तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरे। 

पूर्वमन्त्री नरहरि आचार्यले लोकतन्त्रमा सत्ता पक्षको साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका रहने विचार राखे। 

काङ्ग्रेस काठमाडौँ जिल्ला अध्यक्ष सबुज बानियाँ, नेपाल महिला सङ्घ काठमाडौँ क्षेत्रीय सभापति भवानी केसी, प्रदेशसभा सदस्य नारायण सिलवाललगायतका वक्ताले धारणा राखेको समारोहको सभापतित्व वडा नं ४ काङ्ग्रेस कार्यसमितिका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा भएको थियो। रासस



पार्टीलाई एक ढिक्का बनाए पछिमात्र विश्राम लिन्छु : देउवा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट