कैलाली : सुदूर पश्चिम प्रदेशका प्रदेशसभा सदस्यहरुको जीवनी समेटिएको पुस्तक ‘नीति निर्माताको’ शनिवार विमोचन गरिएको छ। धनगढीमा सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा उक्त किताब विमोचन गरेका हुन्। विमोचन समारोहमा प्रदेशसभा सदस्यहरुको पनि उपस्थिति थियो।
खबरपात मिडिया पब्लिकेशनले बजारमा ल्याएको उक्त पुस्तकको सम्पादन खबरपातका प्रधान सम्पादक जनक रसिकले गरेका छन्। पुस्तकमा प्रदेश सभाका ५३ जना सदस्यहरुको जीवन सघर्ष समेटिएको छ। स्थानीय तहका जनप्रतिनिधि बारेमा समेत सामान्य जानकारी समेट्ने प्रयास पुस्तकमा गरिएको छ।