PahiloPost

Nov 18, 2018 | २ मंसिर २०७५


बुद्ध लामाको ‘रातो टिका टल्क्यो टल टल’ रिलिज


पहिलोपोस्ट

बुद्ध लामाको ‘रातो टिका टल्क्यो टल टल’ रिलिज

काठमाडौं: नेपाल आइडल सिजन पहिलो संस्करणको विजेता बुद्ध लामाको नयाँ गीत रिलिज भएको छ। ‘रातो टिका टल्क्यो टल टल’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो।

वसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्ध लामासँगै मेलिना राईले स्वर दिएकी छन्। चर्चित डान्स ग्रुप भिमफेदी गाइज फिचर्ड भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन्।

संगीतकार वसन्त सापकोटा भन्छन्,’ बुद्ध नेपाल आइडलको ट्यागबाट माथि उठेर सिर्जनाको कारण चिन्नु पर्ने अवस्था छ। त्यसैको लागि साथ दिएको हुँ।‘  

भिडियोमा प्रस्तुत भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफ गरेका हुन् भने डिओपी सुदिप बरालको रहेको छ।



बुद्ध लामाको ‘रातो टिका टल्क्यो टल टल’ रिलिज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट