PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अस्पतालकाे बेडबाट प्रम अाेलीले डा केसीलाई भने, 'चिकित्सा शिक्षा विधेयक छिट्टै पारित हुन्छ', केसीकाे जवाफ, 'गेट वेल सून'



अस्पतालकाे बेडबाट प्रम अाेलीले डा केसीलाई भने, 'चिकित्सा शिक्षा विधेयक छिट्टै पारित हुन्छ', केसीकाे जवाफ, 'गेट वेल सून'

काठमाडौं:  डा. गोविन्द केसीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

भेटका क्रममा केसीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना व्यक्त गरेको अभिषेकराज सिंहले ट्विट मार्फत जानकारी दिएका छन्।

ओलीले केसीलार्इ आफू चिकित्सकहरुको मेहनतले बाँचिराखेको बताएका थिए। यस्तै, उनले आफू निको भएपछि अब बस्ने अधिवेशनबाट तीव्रताका साथ चिकित्सा शिक्षा विधेयक पास गर्ने बताएका थिए।

तर केसीले भने आफू अहिले राजनीतिक कुरा गर्न भन्दा पनि स्वास्थ्य स्थितिबारे बुझ्न आएको बताउँदै 'गेट वेल सून' भनेका थिए। ।

छातीमा इन्फेक्सनका साथै शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रम ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell