PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पद्मरत्न तुलाधरलाई न्युरोबाट नर्भिक अस्पताल सारियो



पहिलोपोस्ट

पद्मरत्न तुलाधरलाई न्युरोबाट नर्भिक अस्पताल सारियो
फाइल फाेटाे सौजन्य : गौरी प्रधान/फेसबुक

काठमाडौंः पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनलार्इ मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको हो । यसअघि तुलाधरलार्इ गत शुक्रबार साँझ न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएको अस्पतालले जनाएको छ।

यस्तै इन्फेक्सन बढ्ने खतराले उनलाई धेरै मान्छेसँग भेट्न नदिइएको नर्भिक अस्पतालले जनाएको छ। 

हिजो साँझ नै नर्भिक अस्पतालमा उनको डाइलासिस गरिएको थियो । आज फेरि अर्को पटक डाइलासिस गर्ने तयारी गरिएको छ।

उनको उपचारका लागि न्युरो टोली डा. पंक चलान डा. राजिव झा, छाती रोग विशेषज्ञ डा. रमेश चोखानी र मिर्गौला रोग विशेषज्ञ आरके अग्रवालको टोलीले हेरिरहेको अस्पतालका मिडिया कोअर्डिनेटर आरके मैनालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell