PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गोरुसिंगे जंगलमा टिपर र बस ठोक्किँदा ३ जनाको मृत्यु, ३३ जना घाइते



गोरुसिंगे जंगलमा टिपर र बस ठोक्किँदा ३ जनाको मृत्यु, ३३ जना घाइते

रुपन्देहीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोरुसिंगे जंगलमा टिपर र बस एकापसका ठोक्किँदा एक जना बालकसहित ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ३३ जना घाइते भएका छन्।

दुर्घटनामा परी दाङ गढवाका ४ वर्षीय सुसान्त सुनार, सोही स्थानकै २५ वर्षीय पुजा सुनार, नाम नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परेकामध्ये १४ जना गम्भीर घाइते भएका छन्।

दाङबाट बुटवल तर्फ जाँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशाबाट आएको लु २ ख १४७७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको ट्रफिक प्रहरी निरीक्षक बाबुराजा पन्तले बताए।

घाइते सबैलाई उपचारको लागि अञ्चल अस्पताल बुटवल पठाईएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए टिपरको ठक्करबाट बसको आगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell