PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चियाकाे विकास र बजारीकरणमा पूर्ण सहयोग रहन्छः मन्त्री खनाल



चियाकाे विकास र बजारीकरणमा पूर्ण सहयोग रहन्छः मन्त्री खनाल
फाइल फाेटाे

काठमाडाैँः सरकारले चिया तथा कफी खेतीको प्रवर्द्धनमा व्यवसायीहरुलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चिया तथा कफी खेतीको प्रवर्द्धनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

सोमबार चीनको सिजुवान प्रान्तका चिया व्यवसायीहरुसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चिया तथा कफी खेतीको विकास र बजारीकरणका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र लगानीको लागि उचित वातावरण बनाउने आश्वासन पनि दिए।

मन्त्री खनालले नेपालको चिया तथा कफीको विकासमा चीनको सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे।

उनले नेपालको निर्यात व्यापारमा ठूलो सम्भावना बोकेको चियाको विकासमा सरकारपछि परेको स्विकार गर्दै अब त्यसलाई अगाडि बढाउन व्यवसायीहरुसँगै सहकार्य गरेर अघि बढने योजना पनि सार्वजनिक गरे।

कार्यक्रममा चिनियाँ कलाकारहरुले चियाको आवश्यक्ता र औचित्य समेटिएको कला पनि प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell