PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेतः सुर्खेतको सिम्ता गाउँपालिका ६ जामुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिम्ता ४ बजेडिचौरका ३५ वर्षीय कर्ण मल्ल रहेका छन्। मल्लको घटनास्थलमै मृत्यु भएको हो।

गएराति ९३० बजे भे ६ प २२३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बादेपिपलले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell