PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चन्द्रागिरीमा क्रिकेट वर्ल्ड कपको ट्रफी, हेर्नुस् १५ फोटोमा

चन्द्रागिरीमा क्रिकेट वर्ल्ड कपको ट्रफी, हेर्नुस् १५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : आइसीसी क्रिकेट वर्ल्ड कप ट्रफी टुर अन्तर्गत वर्ल्ड कप ट्रफी अहिले नेपालमा छ। गत शुक्रवार नेपाल ल्याइएको उक्त ट्रफी आज बिहानै काठमाडौँको चन्द्रागिरीमा लगिएको थियो।

चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर नजिकै र त्यहाँबाट देखिने मनास्लु, गणेश हिमाल लगायत हिमश्रृखंला अगाडी ट्रफी प्रदर्शन गरियो। नेपाली क्रिकट टिमको पहिलो कप्तान उत्तम कर्माचार्य र अर्का पूर्व कप्तान पवन अग्रवाल पनि ट्रफी टुरमा उपस्थित थिए। उनीहरुले वर्ल्ड कप ट्रफी उचाल्ने मौका पाए। यस्तै चन्द्रागिरी पुगेका केही सर्वसाधारणले समेत ट्रफी अगाडी बसेर फोटो खिचाउने अवसर पाए।

गत शुक्रवार नेपाल आइपुगेको ट्रफी त्यस दिन बेलुका स्वयम्भूनाथमा सार्वजनिक गरिएको थियो। हाल नेपाली क्रिकेट खेलाडीहरु पोखरा प्रिमियर लिगका लागि पोखरामा रहेका कारण ट्रफी शनिवार पोखरा लगिएको थियो। अब सोमवार ट्रफी बसन्तपुरमा प्रदर्शनमा ारखिनेछ।

 


ट्रेन्डिङ पोस्ट

Ncell