PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जिप खस्दा डिआइजीसहित तीन जनाको मृत्यु



जिप खस्दा डिआइजीसहित तीन जनाको मृत्यु

काभ्रे: मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआइजीसहित तीन जनाको मृत्यु भएको छ। 

हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा डिआइजी सुशील भण्डारी, मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। पराजुली धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर हुन् भने कार्की ट्रेड युनियन कांग्रेस प्रदेश ३ का अध्यक्ष हुन्।

पत्रकार पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने डिआइजी भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो। घटनामा परी तीन जना घाइते भएका छन्। पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम भएका हुन्। घाइतेलाई धुुलिखेल अस्पतालमा उपचार गराइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell