PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मुक्तिनाथसम्म अब पिच सडकमा सरर, मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडकका १० फोटो 

मुक्तिनाथसम्म अब पिच सडकमा सरर, मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडकका १० फोटो 

उमेश श्रेष्ठ/पहिलोपोस्ट


समुद्री सतहबाट ३ हजार ७ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर जाने तीर्थयात्रुहरुले यो वर्ष फरक दृश्य देख्न पाए। 

दुई वर्षदेखि चलिरहेको मुक्तिनाथ जाने सडक कालोपत्रे गर्ने काम यो वर्ष पूरा भएको छ। दशैँ अगाडि सवारी साधनका लागि पूरै सडकखण्ड खुला गरिएपछि मुस्ताङको गजबको ल्यान्डस्केपको मज्जा लिँदै अब पिच सडकमा सरर गुड्न सम्भव भएको छ।

ठाउँठाउँमा बिग्रिएको पोखरा-बाग्लुङ हाइवेभन्दा पनि मुक्तिनाथ सडकको यात्रा आरामदायी हुँदा यात्रुहरु दङ पर्छन्। तर फोटोका दृश्यहरुबाट नझुक्किनुहोला,  बेनीदेखि मुक्तिनाथसम्मको सडक यस्तो चिल्लो छैन। कागबेनीबाट मुक्तिनाथ बसपार्कसम्मको १२ किलोमिटरको सडकमात्रै कालोपत्रे गरिएको हो। 

यसअघि यो बाटोमा उपभोक्ताहरु आफैले कच्ची सडक बनाएका थिए। यो तीनदेखि चार किलोमिटरमात्रै फराकिलो थियो। तर अबको कालोपत्रे सडक भने पाँच मिटर फराकिलो छ। 

मुस्ताङमा करिब २५० किलोमिटर सडक बाटो भए पनि पिच गरिएको भने यो पहिलो सडकखण्ड हो। करिब २० करोड रुपैयाँको लागतमा जिल्ला प्राविधिक कार्यालय मुस्ताङद्वारा सञ्चालित ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजनामार्फत् यो सडक कालोपत्रे गरिएको हो।  
 


ट्रेन्डिङ पोस्ट

Ncell