PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जमराको माला पहिरेर बालुवाटारमा प्रधानमन्त्रीको दशैँ, हेर्नुस् १४ फोटो

जमराको माला पहिरेर बालुवाटारमा प्रधानमन्त्रीको दशैँ, हेर्नुस् १४ फोटो


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जमराको मालासहित विजया दशमीको टीका आफ्ना बुबा मोहनप्रसाद ओलीको हातबाट लगाएका छन्। बिहान साइतको समयमै बुबाले प्रधानमन्त्री ओली र उनकी बुहारी राधिका शाक्यलाई टीका लगाइदिएका थिए। 

२०७२ सालमा प्रधानमन्त्री हुँदा बुबाले कुर्सीमा बसेका प्रधानमन्त्रीलाई टीका लगाइदिएको भए पनि यस पटक भने टीका लगाउँदा दुवै उठेका थिए।

लगत्तै प्रधानमन्त्रीले पनि पत्नीलाई टीका लगाइदिएका थिए।  

बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले प्रधानमन्त्रीको हातबाट टीका लगाएका थिए। 

दिउँसो २  बजेपछि  मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई प्रधानमन्त्रीले टीका लगाइदिने कार्यक्रम छ भने अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्बसाधारणहरुलाई टीका लगाइदिने समय छुट्याइएको छ। 

आज टीका लगाउन नभ्याउनेहरुका लागि एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ देखि ११ सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टीका लगाइदिने कार्यक्रम बनाइएको छ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell