PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वर्षमा एक दिनमात्र खुल्ने तलेजु मन्दिर : ६ फोटो, ८ तथ्य

वर्षमा एक दिनमात्र खुल्ने तलेजु मन्दिर : ६ फोटो, ८ तथ्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहान सबेरैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु मन्दिर दर्शनमा जाँदैछन्। 

तथ्य १ :  वर्षमा एक दिनमात्र

तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र दर्शनार्थीका लागि खुला गरिन्छ।
  

तथ्य २ : अरु दिन नित्य पूजा

तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ। हनुमनढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेका छन्।

काठमाडौँमा भने कर्माचार्य र जोशी मात्र पुजारी रहेको काठमाडौँ तलेजु भवानीका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिए। अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गरिरहेका छन्।
 

तथ्य ३ : नेवार समुदायको इष्टदेवी

नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन्।
 

तथ्य ४ : इतिहासमा तलेजु

मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ। सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ। 

तथ्य ५ : किंवदन्तीमा तलेजु

सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ। 

तथ्य ६ : कहाँ कहाँ हुन्छ पूजा

वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।
 

तथ्य ७ : महिन्द्र मल्लले बनाएको मन्दिर

राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भए पनि पछि विसं १६२० मा महिन्द्र मल्लले अहिलेको यो मन्दिर बनाएका हुन्। यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्वदन्ती छ। 

तथ्य ८ : भारत र तिब्बतमा पनि 

यो मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ। काठमाडौँ उपत्यकाका तीन शहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ। 

तथ्य ९ : भूकम्पमा पनि रोकिएन

विसं. २०७२ को विनासकारी भूकम्पपछि तलेजु भवानी मन्दिर वरपर क्षति पुगे पनि पुनःनिर्माण भइरहेको छ । भूकम्प गएको वर्षमा पनि मन्दिर दर्शनका लागि सर्वसाधारणलाई रोकिएको थिएन। राससको सहयोगमा 


ट्रेन्डिङ पोस्ट

Ncell