PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'मिल्कम्यान' का लागि एना बर्न्सले पाइन् म्यान बुकर पुरस्कार



'मिल्कम्यान' का लागि एना बर्न्सले पाइन् म्यान बुकर पुरस्कार

लन्डन: एना बर्न्सलार्इ २०१८ को म्यान बुकर पुरस्कार प्रदान गरिने भएको छ। उनले लेखेको उपन्यास 'मिल्कम्यान' का लागि उनलार्इ यो पुरस्कार प्रदान गर्न लागिएको हो। 

उत्तर आयरल्यान्डकी एना यो पुरस्कारबाट सम्मानित हुने १७ औं महिला हुन्।  

'मिल्कम्यान' एनाको तेस्रो उपन्यास हो। यस उपन्यासमा उनले उत्तरी आयरल्यान्डमा राजनीतिक अस्थिरताका बीच एक युवती र विवाहित पुरुषबीचको सम्बन्धका बारे लेखेकी छिन्। 

युद्धको चपेटामा रहेको स्थानमा महिलाहरुले भोग्नुपर्ने खतरनाक अवस्थाहरुका बारे उक्त उपन्यासमा चर्चा गरिएको छ। यो उपन्यासको मुख्य विशेषता भनेको यसमा पात्रहरुको नाम प्रयोग गरिएको छैन। पात्रको नामको सट्टा यसमा पात्रहरुको पदनाम(डेजिग्नेशन) को प्रयोग गरिएको छ।

बुकर पुरस्कार छनौट समितिका अध्यक्ष एन्थोनी एपियाले एनाको नाम घोषणा गर्दै भने,'हामी मध्ये धेरैले यस्तो विषय कहिल्यै पढेका थिएनौं। एना बर्न्सको आवाजले समाजमा विद्यमान परम्परागत सोचहरुलार्इ चुनौती दिन्छ। उनको लेखन शैलीले मानिसलार्इ बेग्लै संसारमा लैजाने गर्छ।'

'मिल्कम्यान' निष्ठुरीपन, यौन अतिक्रमण र प्रतिशोधका साथै हास्यव्यंग भरिएको सफल उपन्यास रहेको उनले बताए। 

म्यान बुकर पुरस्कार विजेताले ५२ हजार ५ सय पाउन्ड बराबरको पुरस्कार राशी प्राप्त गर्नेछन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell