PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चिनीको मूल्यबारे संसदले छानविन गर्ने, ६३ रुपैयाँ कायम राख्न सरकारलाई लेखा समितिको निर्देशन



पहिलोपोस्ट

चिनीको मूल्यबारे संसदले छानविन गर्ने, ६३ रुपैयाँ कायम राख्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौंः चिनीको मूल्यवृद्धिबारे छानविन गर्न संसदीय समिति गठन गरिएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिले लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय छानविन उपसमिति गठन गरेको हो।

विहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चाडपर्व नजिकिएसँगै चिनीलगायत खाद्य वस्तुमा मूल्यवृद्धि गरिएकाे भन्दै अध्ययन र छानविन उपसमिति गठन गरिएको हो। उपसमितिले अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने छ।

आजकै बैठकबाट लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ। चिनी उद्योगीहरुले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँसम्म पर्ने बताएपछि सोही आधारमा समितिले ६३ रुपैयाँ तोक्न सरकारलाई निर्देशन दिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको खुद्रा मूल्य अधिकतम मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेपछि समितिको यस्तो निर्देशन आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell