PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेपत्ता बनाइएकाहरुको कथा ‘आधा सत्य’ अब किताब पनि



पहिलोपोस्ट

बेपत्ता बनाइएकाहरुको कथा ‘आधा सत्य’ अब किताब पनि

काठमाडौं: नाटक ‘आधा सत्य’ पुस्तकको रुपमा सार्वजनिक भएको छ। सिजन दाहाल र राजन खतिवडाले संयुक्त रुपमा लेखेको नाटक शनिबार लोकार्पण भएको हो।

 मण्डला थिएटरमा कार्यक्रम आयोजना गरी लेखकहरु साथै कवि विप्लव प्रतीक, लेखक कुमार नगरकोटी र वेपत्ता पारिएकाहरुको परिवार सदस्यले किताव सार्वजनिक गरेका हुन्।

द्वन्द्वकालिन समयमा बेपत्ता पारिएकाहरुको खोजी अभियानको नाट्य प्रस्तुति भनिएको किताबमा समेटिएको नाटकलाई सन् २०१६ मा मञ्चन गरिएको थियो। नाटककार सिजन दाहालका अनुसार बेपत्ता पारिएकाहरुको परिवारलाई भेटेर विभिन्न कथा खोजियो र त्यसलाई लेखियो। नाटक लेख्दाको अनुभव बारे दाहालले भने,’यो वेपत्ता नागरिकको परिवारको भोगाइ र भावना मात्र होइन दस्तावेज पनि हो। पीडित परिवारको कथालाई यसरी लेख्न प्रकाशन गर्न पाउँदा खुशी छु।’ आधा सत्य घुम्ति रङ्गमञ्चमार्फत् बर्दिया, दाङ र कैलालीमा देखाइएको थियो। लेखक राजन खतिवडा भन्छन्,’हामी वेपत्ताविरुद्ध अझै नाटकहरु गर्नेछौं। यो हाम्रो कलात्मक दवाव हो।

आधा सत्य नाटकलाई अब पुस्तकको रुपमा धेरै पाठकमा पुर्याउन चाहन्छौं।’ पुस्तक विमोचन कार्यक्रममा बेपत्ता परिवार राष्ट्रिय सञ्जालका संयोजक रामकुमार भण्डारी, पीडित परिवार प्रतिनिधि स्वरुप छोरा गुमाएका ऐकराज वाग्ले, केशर कुमारी वाग्ले, दाइ र दिदी गुमाएकी सुशिला चौधरीको उपस्थिति रह्यो। कार्यक्रममा सुशिलाले भनिन्,’नाटक हेर्दा कलात्मक ढङ्गमा पनि हाम्रो माग राख्न सकिदो रहेछ भन्ने लागेको थियो। अब पुस्तक नै प्रकाशन हुँदा अझ बढी आशावादी भएका छौं।’

नाटकको अङ्ग्रेजी भाषामा समेत अनुवाद भएको छ। अनुवाद कवि विप्लव प्रतीकले गरेका हुन्। ‘अरु अनुवाद गरेपछि भारी बिसाए सरह हुन्थ्यो। आधा सत्यलाई द हाफ ट्रुथ बनाइसक्दा झन् गह्रौ महसुस भयो’, आफ्नो अनुभव सुनाउँछन्,’अप्रत्याशित धटनाहरुको महत्वपूर्ण अभिलिखिकरण हो यो किताव। द्वन्द्व कालले पारेको प्रभावको एउटा पाटोको प्रतिनिधि गर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell