PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

राष्ट्रकवि घिमिरेको सयौँ जन्मदिन : राष्ट्रपतिले घरै पुगेर दिइन् शुभकामना



राष्ट्रकवि घिमिरेको सयौँ जन्मदिन : राष्ट्रपतिले घरै पुगेर दिइन् शुभकामना

काठमाडौँ: राष्ट्रकवि माधवप्रसाद घिमिरे आज १०० वर्षमा प्रवेश गरेका छन्। यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान लैनचौरस्थित घिमिरे निवासमा पुगेर घिमिरेलार्इ जन्मदिनको शुभकामना दिएकी छिन्।

राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन्। 

विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मेका घिमिरले विसं १९९२ मा १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकको कविता गोरखापत्रमा छपाएर काव्ययात्रा यात्रा सुरु गरेका थिए।  घिमिरेले थुप्रै कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवादहरुमा निरन्तर कलम चलाउदै आफूलार्इ सफल साहित्यकारका रुपमा स्थापति गरेका छन्। 

१०० औं जन्मदिनको उपलक्ष्यमा घिमिरे निवास लैनचौरमा आज विशेष पुजा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell