PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मायाको जाँच : भए पास नत्र अभ्यास!



मायाको जाँच : भए पास नत्र अभ्यास!

  • उत्तम रिमाल
तिम्रो जीवनका भोगाइहरु सुनेपछि 
नेपालको इतिहास समेत फिका फिका लाग्दैछ 
अंग्रेजले जित्न नसकेको हाम्रो देश 
जिन्दगीले जित्न नसकेकी तिमी!

मानिसहरु जन्मन्छन् मर्नका लागि 
तिमी मरेर जियौ बाँच्न भनेर 
र त म आज 
तिम्रो बालापनको कथा मात्रै सुन्दा पनि 
सोच्दै नसोची तिम्रो दिवाना भएँ 
आफ्नै व्यथाले भरिएको 
संघर्षले बेरिएको 
आँशुमा रुमल्लिएको 
कथा सुनाउँदा पनि 
तिमी गौरवान्वित महसुस गर्दैछौ।।

आज जसरी मलाई सिकायौ 
सबैलाइ जिउन सिकाउनु है 
मलाइ सुनाएको कथा 
चलचित्र बनाइ देखाउनु है
किनकि
म चाहन्छु सबैले तिमीलाई 
मैले जस्तै माया गर्न खोजुन 
सक्तैनन् पक्कै तर
प्रयास गर्न पाउनुपर्छ ।।

जिन्दगीसँग हार मार्नेहरु बढ्दै छ्न्
जति हारे सकिए 
अब हरुवाहरु नजन्मिउन् 
जन्मिहाले भने पनि 
आमाको दूध चुस्नु अघि
तिमीलाई सुनुन् 
मेरी अन्जान मायाबाट बुझुन्
जन्मिन जति गार्‍हो छ
जिउन झनै सार्हो छ
तर
खुट्टा तान्नेहरुले तान्दैछ्न् भन्दैमा
आफू लड्न त भएन नि ।।

तिमीबाट प्रभावित भएको मान्छे म 
त्यसैले 
केही कसैसँग नहारेकी तिमीलाई
मायाले हराउने प्रयास गर्न लागेको छु
भए पास नत्र अभ्यास 
अभ्यास तब सम्म 
जब सम्म पास भइँदैन ।।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell