PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इसेवापसलको औपचारिक सुरुवात, नबिलको कार्डबाट अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक



इसेवापसलको औपचारिक सुरुवात, नबिलको कार्डबाट अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

काठमाडौं : एफवान सफ्ट इन्टरनेशनलको नयाँ भेन्चर इसेवा पसलले औपचारिक कारोबार सुरु गरेको छ। भाटभटेनीअनलाइन डटकमलार्इ अक्वायर गरेपछि एफवान सफ्टले रिब्रान्डिङ गरेर इसेवा पसलबाट सेवा सुरु गरेको हो।

कार्यक्रममा इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल कोसेढुङ्गा सावित हुने दाबी गरे। उनले भने, ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो । हामी ग्राहकलाई सर्वसुलभ मूल्यमा उच्चस्तरीय सेवा प्रदान गर्नेछौं।’

यो पसल शुभारम्भको अवसरमा कम्पनीले विशेष छुट योजना समेत ल्याएको छ। इसेवा पसल सामान किनेर  इसेवामार्फत भुक्तानी गर्दा पाँच प्रतिशतसम्म क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नबिल बैंकको भिसा कार्डमार्फत् अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र  कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइने छ । कम्पनीले किस्ताबन्दीमा सामान किन्न सकिने सुविधा समेत ल्याउने जनाएको छ।

कम्पनीले दशैँलाई मध्यनजर गरेर सामान किन्दा लक्की ड्रमार्फत् उपहार दिने योजना समेत ल्याउने जानकारी दिएको छ। इसेवापसलले सामान अर्डर गरेको २४ घण्टाभित्र निःशुल्क सामान डेलिभरी गर्ने जनाएको छ। इसेवा पसलमा इसेवालगायत नेपालकाअधिकांश बैंकका मोबाइल बैंकिङ, इबैंकिङ र कार्डमार्फत् भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell