PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डिजिटल प्रदेशको 'एक्सन'मा कर्णाली : २४ विद्यालय डिजिटल बन्दै, प्रादेशिक टिभी र रेडियो खुल्ने



पी बी खड्का

डिजिटल प्रदेशको 'एक्सन'मा कर्णाली : २४ विद्यालय डिजिटल बन्दै, प्रादेशिक टिभी र रेडियो खुल्ने

सुर्खेत: कर्णाली प्रदेश सरकार डिजिटल कर्णाली बनाउने एक्सनमा जान थालेको छ। यसैबीच प्रदेश सरकारले कर्णालीका २४ वटा विद्यालयलाई डिजिटल बनाउने भएको छ।

प्रत्येक निर्वाचन क्षेत्रका एक–एक वटा विद्यालय पर्ने गरी २४ वटा विद्यालय छनोट गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए।

छनोट गरिएका विद्यालयलाई देशकै नमुना विद्यालयका रुपमा विकास गरी डिजिटलमैत्री बनाउने उनको भनाई छ। विद्यालय छनोट गरी आवश्यक प्रक्रियाका लागि कानुन मन्त्रालयले ३० हजार रुपैँया विनियोजन गरेको छ।
 

प्रादेशिक रेडियो र टिभी स्थापना

त्यस्तै, कर्णाली प्रदेशले प्रादेशिक टेलिभिजन र रेडियो स्थापना गर्ने भएको छ। जनतालाई सहज र सरल तरिकाले सूचना प्रवाह गर्न मिडिया स्थापना गर्न लागिएको कानुन मन्त्री भण्डारीको भनाई छ। मन्त्रालयले प्रादेशिक टिभि र रेडियोका लागि अहिले तत्काल अध्ययन गर्न बजेटसमेत विनियोजन गरिसकेको उनको भनाई छ। 

प्रादेशिक प्रहरी संरचनाको तयारी

मन्त्रालयले शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्णालीमा प्रदेश प्रहरी गठन र प्रहरीकै लागि भौतिक पूर्वाधार निर्माण लगायतको काम अघि सारेको छ। जसमध्य सशस्त्र प्रहरी गण मुख्यालयको सुर्खेत भवन निर्माण, प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत भवन निर्माण, सीमा प्रहरी चौकी (यारी –हिल्सा) हुम्लाको भवन निर्माण, प्रहरी चौकी धो, डोल्पाको भवन निर्माण, र जिल्ला÷इलाका प्रहरी र प्रहरी चौकी भवन निर्माण लगायतको काम अघि सारेको छ। सोही भौतिक संरचना र प्रहरी गठनका लागि मन्त्रालयले २ लाख ५० हजार रुपैँया विनियोजन गरेको छ। 

त्यस्तै, कर्णालीको शान्ति सुरक्षालाई मजबुद र भरपर्दाे बनाउन सुरक्षा अनुसन्धान र अन्वेषण कार्यक्रम सञ्चालन गरिने भएको छ। उक्त कार्यका लागि मन्त्रालयले ५० हजार रुपैँया विनियोजन गरेको छ। जस मध्ये प्रदेश प्रदेश प्रहरी अनुसन्धान ब्युरो गठन, अपराध स्रोतको अनुसन्धान लगायतको काम अघि बढाउने तयारी गरेको छ।
 
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक वर्षमा गर्ने स्विकृत कार्यक्रम सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७५÷०७६को स्वीकृत वार्षिक विकासतर्फ मन्त्रालयले सम्पादन गर्ने कार्यक्रम सार्वजनिक समेत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell