PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मदन पुरस्कार 'योगमाया'लाई, जगदम्बाश्री शान्तदासलाई



मदन पुरस्कार 'योगमाया'लाई, जगदम्बाश्री शान्तदासलाई

काठमाडौं: मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको पुस्तक योगमायालाई प्रदान गर्ने निर्णय गरेको छ। आज बसेको गुठीको बैठकले उक्त निर्णय गरेको हो। 

गुठीले ‘योगमाया’सँगै, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ लाई पुरस्कारका लागि श्रेष्ठ ८ पुस्तकको रुपमा छनोट गरेको थियो।

त्यसैगरी बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell