PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डिसी क्षेत्रमा संगठित हुँदै एसियन समूदाय 



डिसी क्षेत्रमा संगठित हुँदै एसियन समूदाय 

वासिङटन डिसी: अमेरिकाको राजधानी वासिङटन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समूदायबीच समाजिक र साँस्कृतिक एकीकरणको प्रयास सुरु भएको छ। एसियनहरुको साँस्कृतिक सो आयोजना गर्दै ग्लोबल इकोनोमिक फाउण्डेसनले उक्त जानकारी दिएको हो।  

'एसियाका १६ भन्दा बढी राष्ट्रका समूदायबीच आप्रवासन, शिक्षा, संस्कति आदि विषयमा सहकार्य गर्न ग्लोबल इकोनोमिक फाउण्डेसन गठन भएको छ,' संस्थाका अध्यक्ष इन्दिरा कुमारले भनिन, 'साँस्कृतिक सहकार्यसगै आप्रवासीका साझामा मुद्दामा अगाडि बढने छौ।' एसियन आप्रवासीबीच कैयन साझा मुद्दा भएपनि संगठिन हुन नसक्दा अमेरिकी सपना पुरा गर्न कठिनाई भएकोले फाउण्डेसन गठन गरिएको उनले बताईन्। 

एसियाका पाँच राष्ट्र नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरियाको साँस्कृति प्रस्तुत गरिएको उक्त कार्यक्रमलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीले शुभकामना दिएका थिए। 'एसियन आप्रवासीको उत्थान र विकासका सर्मपित हुने संस्थाको अठोट सह्रानिय छ। यो नौलो प्रयास सार्थक बनोस,' कार्कीले भने। आफूले अमेरिकामा भएका विभिन्न कार्यक्रम मध्ये यो नौलो एवं नयाँ सोचको भएको बताए। 

कार्यक्रममा एसियाका नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरिया, श्रीलंका, पाकिस्तान, बंगलादेश, मंगोलिया, फिलिपिन्स लगायतका १६ देशको सहभागिता थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell