PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भैरव रिसालको ९१ औं जन्मदिनमा 'नेपालका मन्त्री र सांसदहरु'को तेस्रो संस्करण



पहिलोपोस्ट

भैरव रिसालको ९१ औं जन्मदिनमा 'नेपालका मन्त्री र सांसदहरु'को तेस्रो संस्करण

काठमाडौं : पुस्तक 'नेपालका मन्त्री र सांसदहरु' को परिमार्जित तेस्रो संस्करण सार्वजनिक भएको छ। वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले 'खोजीनिती' गरेर तयार पारिएको पुस्तकमा २००७ सालदेखि २०७५ सालसम्म भएका मन्त्री र सांसदको सूची उपलब्ध छ। यस संस्करणमा प्रदेशका मन्त्री र सांसदहरुसमेत समेटिएको छ।

रिसालको ९१ औं जन्मोत्सवका अवसर पारेर सार्वजनिक गरिएको पुस्तकमाथि प्राध्यापक कृष्ण खनाल र डाक्टर देवेन्द्रराज पाण्डेले प्रकाश पारेका थिए। नेपालको राजनीतिक परिवर्तन र सरकार परिवर्तनलाई बुझ्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने दुवै वक्ताले जानकारी दिए।

सिकाइ समूहले प्रकाशनक गरेको पुस्तकको यस संस्करण सार्वजनिकीकरणमा प्राध्यापक खनाललाई पत्रकार तथा सिकाइ समूहका सुदर्शन घिमिरेले सोधेका थिए - नेपालमा यति धेरै मन्त्री र सांसदहरु भए। वास्तमा उनीहरु कति सांसद र मन्त्री नै हुन सके त?

प्रत्युत्तरमा प्राध्यापक खनालले भने - 'मन्त्री र सांसद कति भए थहा भएन तर सबैकै उद्देश्य काठमाडौंमा घर जोड्ने चाहिँ देखियो।' 

पुस्तकमा आफ्नो नामसमेत रहेको जनाउँदै अर्का वक्ता देवेन्द्रराज पाण्डेले 'नेपालको राजनीति' बुझ्नका लागि पुस्तक अपरिहार्य रहेको बताए। 

पुस्तक राजनीतिशास्त्र, समाजशास्त्र, पत्रकारिता लगायतका क्षेत्रका लागि उपयोगी सन्दर्भग्रन्थ हो। पुस्तकलाई सात खण्डमा बाडिएको छ। २००७ सालको परिवर्तनपछि गठित मन्त्रिमण्डल, पञ्चायत कालका मन्त्रिमण्डल, बहुदलीय व्यवस्था पुनर्स्थापनापछिका मन्त्रिमण्डल, गणतन्त्र स्थापनापछिका मन्त्रिमण्डल, सांसदहरु, प्रदेश मन्त्रिमण्डल र सांसदहरु तथा महासभा/राष्ट्रियसभा खण्डका अलावा परिशिष्टमा केही शाही घोषणाहरु, प्रतिनिधिसभाको घोषणा २०६३, गणतन्त्र घोषणा २०६५, हालसम्मका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरु तथा २००७ सालदेखि हालसम्मका क्याबिनेट सेक्रेटरी/मुख्यसचिवहरुको सूचीसमेत समावेश छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell