PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बेल्जियमको इपरमा वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण



पहिलोपोस्ट

बेल्जियमको इपरमा वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ :  तमु समाज बेल्जियमले प्रथम विश्व युद्धमा शहादत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मानस्वरूप बेल्जियमस्थित इपरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको छ। 

बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको उपस्थिति रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो। 

प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोभेम्वरलाई विश्वभरि दिवसका रूपमा मनाउने क्रममा १५ वर्षदेखि तमु समाज बेल्जियमको संयोजनमा हरेक वर्ष श्रद्धाञ्जलि कार्यक्रम गरिँदै आएको समाजमा महासचिव सूर्य गुरुङले जानकारी दिए। 

गत वर्ष नेपाल सरकारको पहलमा बेल्जियमस्थित इपर (बेल्जियम र जर्मनको सिमाना) मा स्मारक स्थापना गरिएको थियो। पहिलो विश्व युद्धमा बेल्जियममा ५८ जना गोर्खालीले शहादत प्राप्त गरेको समाजमा महासचिव गुरुङको भनाइ छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell