PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

​साफ महिला च्याम्पियनसिप : कान्छी गोलरक्षक अन्जना श्रीलंकाविरुद्ध पहिलो रोजाइमा



पहिलोपोस्ट

​साफ महिला च्याम्पियनसिप : कान्छी गोलरक्षक अन्जना श्रीलंकाविरुद्ध पहिलो रोजाइमा

काठमाडौं : चौथो साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले श्रीलंका विरुद्ध खेलिरहेको छ। यसअघि समूह ए मा दुई खेल जित्दै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। त्यसैले पनि नेपालले बिनादबाब खेलिरहेको छ। नेपालले श्रीलंकालाई हराए वा बराबरी खेलेपनि समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्नेछ।

प्रशिक्षक कुमार थापाले गोलपोष्टको जिम्मेवारी आज नेपालकी कान्छी सदस्य अन्जना राना मगरलाई दिएका छन्। यससँगै भारतको सिलगुढीमा भइरहेको प्रतियोगितामा नेपाली टीममा रहेका तीनै गोलरक्षककले पहिलो रोजाईमा खेल्ने अवसर पाएका छन्।

नेपालमै भएको मलेसिया विरुद्धको मैत्रीपूर्ण खेलमार्फत नेपालको लागि डेब्यु गरेकी अन्जना श्रीलंका विरुद्ध भने पहिलो रोजाईँमै मैदान उत्रिएकी हुन्। मलेसिया विरुद्ध उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।

भुटान विरुद्धको पहिलो खेलमा नेपालको पोष्ट अन्जली तुम्बापो सुब्बाले सम्हालेकी थिइन् भने दोस्रो खेलमा नमिता कुमारी दलीलाई पोष्टको जिम्मा दिइएको थियो। दुवै गोलरक्षकले कुनै गोल बेहोरेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell